वीरगञ्ज महानगरले कर्मचारी माग्यो

वीरगञ्ज महानगरले कर्मचारी माग्यो

पर्साको वीरगञ्ज महानगरपालिकाले करार सेवाका कर्मचारीको माग गरेको छ । 

इच्छुक सबैलाई दरखास्त गर्न आह्वान गर्दै आज प्रकाशित विज्ञापनमा महानगरपालिकाले विभिन्न चार वटा पदका लागि ८ जना कर्मचारी चाहिएको विवरण उल्लेख गरेको छ । 

बिएमएलटी, ल्याब टेक्निशियन, ल्याब असिस्टेण्ट र अहेव कर्मचारी मागिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सात दिनभित्र आवेदन पेश गर्न महानगरपालिकाले सूचना गरेको छ ।

टिप्पणीहरू