बलात्कारको बात लागेका युवा वैज्ञानिक हिरासतमा

बलात्कारको बात लागेका युवा वैज्ञानिक हिरासतमा

बलात्कार आरोपमा पक्राउ परेका युवा वैज्ञानिक मार्शल रोकालाई प्रहरीले हिरासतमा राखेको छ । 

तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि पक्राउ परेका उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हो । 

 युवा वैज्ञानिक रोकालाई मंगलबार पक्राउ गरिएको र हिजाे जिल्ला अदालतबाट सात दिनकाे अनुमति लिएर हिरासतमा राखिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । अहिले उनीमाथि अनुसन्धान भैरहेको छ ।

 घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । रोकाले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरे पछि चर्चामा आएका थिए ।

टिप्पणीहरू