गर्मी बढेपछि झापाका विद्यालय बन्द

गर्मी बढेपछि झापाका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि झापाका विद्यालयहरु बन्द गरिएको छ । जिल्लाका स्थानीय तहहरुले विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाका विद्यालयहरु गर्मी बढेकाले क्रमशः दुई र पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

गर्मीमा दिइएको बिदालाई वर्षे बिदाबाट कट्टा गरिने जनाइएको छ । हिजो झापाकोे तापक्रम अधिकांश भागमा ४० डिग्री सेन्टिग्रेडभन्दा बढी पुगेको थियो ।

टिप्पणीहरू