पेन्सन बुझ्नेहरुले नै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

पेन्सन बुझ्नेहरुले नै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिइएको विरोधमा व्यापक विरोध भएको छ । गणतन्त्र दिवसको अवसमा सरकारको सिफारिसमा आममाफी दिइएको भन्दै इनरुवा बस चोकमा पूर्व प्रहरीहरुको संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । 

प्रहरीका उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी संगठन र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए । पुत्ला दहनको क्रममा प्रदर्शनकारीहरुले चौधरीलाई राष्ट्रपतिले आममाफी दिनुलाई कानूनी राज्यप्रतिको उपहास भएको बताएका छन् ।  

पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्ला दहनकार्यक्रममा स्थानीयको समेत उल्लेख्य सहभागिता थियो ।

टिप्पणीहरू