मोटरसाइकल त्रिशुलीमा खस्दा श्रीमतीको मृत्यु, श्रीमान बेपत्ता

मोटरसाइकल त्रिशुलीमा खस्दा श्रीमतीको मृत्यु, श्रीमान बेपत्ता

चितवनको ईच्छाकामना गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । 

धादिङको शिद्धलेक गाउँपालिका-२ बस्दै आएकी ४१ वर्षीया शान्ति न्यौपानेको दुर्घटनामा मृत्यु भएको हो । आज बिहान मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग. १० प ८१११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक उनका श्रीमान ४७ वर्षीय मेघबहादुर न्यौपाने भने बेपत्ता छन् । प्रहरीले हाल मेघबहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू