सिन्धुलीमा बालक दाजुभाइको मृत्यु, सर्पले टोकेको आशंका

सिन्धुलीमा बालक दाजुभाइको मृत्यु, सर्पले टोकेको आशंका

सिन्धुलीमा एकै परिवारका दुई जना बालकको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नम्बर १ का स्थानीय गणेश पहाडीका १२ र ७ वर्षीय छोराहरुको सर्पको टोकाईबाट मत्यु भएको आशंका गरिएको छ । 

गएराति सँगै सुतेका दाजुभाइ गृष र कृष बिहान ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । उपचारार्थ बर्दिबास पठाइएको र त्यहाँबाट जनकपुर पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।
 

टिप्पणीहरू