क्षयरोगी पहिचान गर्न सवा अर्ब

क्षयरोगी पहिचान गर्न सवा अर्ब

सरकारले क्षयरोगका बिरामी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिनुभयो । 

क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचान गरिने उहाँले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू