पानी बेचेर पैसा कमाउन ‘वाटर फ्रम द हिमालय’

पानी बेचेर पैसा कमाउन ‘वाटर फ्रम द हिमालय’

सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्न ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

बजेट भाषणमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कार्यक्रम घोषणा गर्नुभएको हो । नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने अर्थमन्त्री डा. महतको विश्वास छ ।

टिप्पणीहरू