कम्पनी दर्ता अबदेखि सित्तैँ, खारेज गर्न झन् सजिलो

कम्पनी दर्ता अबदेखि सित्तैँ, खारेज गर्न झन् सजिलो

सरकारले निःशुल्क रुपमा कम्पनी दर्ता गर्न मिल्ने व्यवस्था गरेको छ । बजेट भाषणमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आज उक्त घोषणा गर्नुभएको हो ।  

आगामी आर्थिक वर्षदेखि नयाँ कम्पनी खोल्न एक सय रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बजेटमा उल्लेख छ । 

त्यस्तै, हालको झन्झटिलो प्रक्रिया रद्द गरेर अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्थासमेत गरिएको अर्थमन्त्रीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू