मलमा ३० अर्ब दिइने, मार्सीलाई व्यापक बनाइने

मलमा ३० अर्ब दिइने, मार्सीलाई व्यापक बनाइने

कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले रासायनिक मलका लागि ३० अर्ब रुपैयाँ अनुदान छुट्याएको छ । 

आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सोको जानकारी दिनुभएको हो । उहाँले स्वदेशमै रसायनिक मल कारखाना खोल्न पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

मार्सीलगायत चामलको ब्रान्डिङ गरिने विषय बजेटमा समेटिएको छ । त्यस्तै, उखु उत्पादन प्रवद्र्धन गर्न ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

टिप्पणीहरू