प्रि–बजेट छलफल अब फागुनमै

प्रि–बजेट छलफल अब फागुनमै

सरकारले आगामी वर्षदेखि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताबारे फागुनमै छलफल गर्ने बताएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिनुभएको हो ।

बजेटमाथिको छलफललाई सार्थक बनाउन यस्तो व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू