हराएका कर्मचारी खोज्दै बीपी

हराएका कर्मचारी खोज्दै बीपी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना कर्मचारी जयनारायण चौधरी (माझी) लाई काममा हाजिर हुन निर्देशन दिएको छ । 

आज सूचना निकालेर प्रतिष्ठानले लामो समयदेखि सम्पर्कविहीन रहेका चौधरीलाई तीस दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा प्रतिष्ठानको नियमानुसार कारबाही  गर्ने चेतावनी दिइएको छ । 

मोरङ घर भएका चौधरी २०७६ पुस २० गतेदेखि बिना जानकारी अस्पतालमा सम्पर्कविहीन रहेको प्रतिष्ठानले जनाएको छ । उनी अस्पतालमा जुनियर फोरमेन पदमा कार्यरत थिए ।  

‘हरिचरण माझीका नाती, भगुलाल चौधरीका छोरा जयनारायण चौधरी (माझी) स्थायी ठेगाना मोरङ टंकिसिनुवारी–८ भई प्रतिष्ठानको जुनियर फोरमेन पदमा स्थायी सेवामा कार्यरत रहेकोमा मिति २०७६÷०९÷२० देखि हालसम्म बिना जानकारी प्रतिष्ठानमा अनुपस्थित भएको हुँदा सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र प्रतिष्ठानमा हाजिर हुन आउन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ,‘तोकिएको समयावधिभित्र प्रतिष्ठानमा हाजिर हुन नआएमा प्रतिष्ठानको नियमानुसार कारबाही भैजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू