सेनाको दुई वटा हेलिकोप्टरमा दुई दर्जन भीआईपी

सेनाको दुई वटा हेलिकोप्टरमा दुई दर्जन भीआईपी

नेपाली सेनाको दुई वटा हेलिकोप्टर केही बेरअघि काठमाडौं विमानस्थलबाट पूर्वतर्फ उडेको छ । कल साइन एनए ०५३ एमआई र एनए ०३८ हेलिकोप्टरमा २१ जना काभ्रेपलाञ्चोकको पाँचखालतर्फ उडेको बताइएको छ । 

सेनाको पाँचखालस्थित तालिम केन्द्रमा आयोजित संयुक्त राष्ट्र संघसम्बन्धी कार्यक्रममा सहभागी हुन उच्चपदस्थ अधिकारीहरु प्रधान सेनापति प्रभुराम शर्माको नेतृत्वमा बिहान साढे ९ बजे त्यता गएका हुन् । 

पाँचखाल गएका अन्यमा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्साललगायत रहेको बताइएको छ ।

टिप्पणीहरू