दुई सय जनालाई पाकिस्तानी छात्रवृत्ति

दुई सय जनालाई पाकिस्तानी छात्रवृत्ति

नेपालका झण्डै दुई सय जना विद्यार्थीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गरेको छ । ‘एम्बेसेडर अफ पाकिस्तान स्कलरशिप’ अन्तर्गत एक सय ९८ विद्यार्थीले छात्रवृत्ति पाएको बताइएको छ ।

काठमाडौंमा आयोजित ११ औं वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको पाकिस्तानी दूतावासले जनाएको छ । 

हरेक वर्ष सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गर्ने गरिएको बताइएको छ । यस पटक ४३ वटा सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ९८ विद्यार्थीलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई नगद र ल्यापटप उपलब्ध गराइएको छ । 

समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोगप्रति खुशी व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीचको जनसम्पर्कलाई शैक्षिक क्षेत्रमा विस्तार आपसी सम्बन्ध झन् प्रगाढ हुँदै गएको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले छात्रवृत्ति कार्यक्रबाट द्विपक्षीय सम्बन्ध सुदृढ हुने र यसबाट नेपाली युवालाई सामाजिक गतिविधिमा लाग्न प्रोत्साहन मिल्ने धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू