औषधि कम्पनीमा हाकिमकाे काेठा खालि

औषधि कम्पनीमा हाकिमकाे काेठा खालि

नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना जारी गरेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवदेन दिन सक्ने जनाइएको छ । ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेकाले आवेदन गर्न सक्नेछन् । 

महाप्रबन्धकका लागि फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्विद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्छ ।
विज्ञापनमा भनिएको छ, ‘नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्नुपर्ने भएकाले देहायको योग्यता भएका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिन कार्यालय समयभित्र यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार काठमाडौंमा आवेदन दिन जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू