डाक्टरहरु टिचिङमा, नर्सहरु माइतीघरमा

डाक्टरहरु टिचिङमा, नर्सहरु माइतीघरमा

नर्सिङ पेशालाई अमर्यादित रुपमा प्रस्तुत गरिएको विरोधमा नर्सहरु आन्दोलित भएका छन् । नर्सहरुलाई सामाजिक सञ्जालमा गलत रुपमा प्रस्तुत गरिएको र पेशा र नर्सहरुको व्यक्तिगत जीवन स्वयममा असुरक्षा बढेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आफ्ना माग पूरा गर्न आग्रह गर्दै नर्सहरु माइतीघरमा भेला भएका छन् । चितवन क्यान्सर अस्पतालमा भएको घटनालाई लिएर नर्सहरुको बद्ख्वाईं गरिएको भन्दै उनीहरुले सामाजिक सञ्जालमा गलत प्रचार गर्नेलाई कारबाही र कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रदर्शन थालेका हुन् ।

उनीहरुले हिजो पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुस निकालेका थिए । विभिन्न अस्पतालमा कार्यरत नर्सहरुको संयुक्त आयोजनमा भएको प्रदर्शनमा नारासमेत लगाएका थिए । चरित्रहत्या गर्न पाईंदैन, नर्सहरुमाथि दमन कहिलेसम्म ?, नर्स र बिरामीको अनुपात मिलाइयोस्, टिकटक लाइभ समाजसेवा हो ? नर्समाथिको अत्याचार बन्द गरौंलगायत नारा लगाएका थिए ।

यता, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरु महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालय अघिल्तिर रिले अनसन बसेका छन् । एमबीबीएस र बीडीएसका विद्यार्थी माग पूरा गराउन अनसनमा बसेको बताइन्छ ।
 

टिप्पणीहरू