पोलियोको खोप लगाउने तालिका हेरफेर

पोलियोको  खोप लगाउने तालिका हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको एफआईपीभीको नियमित खोप लगाउने तालिका हेरफेर गरेको छ । 

आज सूचना जारी गर्दै मन्त्रालयले खोप लगाउने तालिका फेरबदल भएको जानकारी दिएको हो । यसअघि एक वर्ष उमेरभित्रका बालबालिकालाई ६ र १४ हप्तामा गरी दुई मात्रा एफआईपीभी खोप लगाउन गरिएको थियो । मन्त्रालयका अनुसार अब १४ हप्ता र ९ महिनामा उक्त खोप दिइने छ । 

त्यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेका बालबालिकाले पाँच वर्षभित्र लगाइसक्नुपर्नेछ । पाँच वर्षमूनिका सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाउने गरिएको थियो । 

अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले परिवर्तित नियमित खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।

टिप्पणीहरू