शिक्षण अस्पतालको नयाँ नियम : वृद्धवृद्धा र अशक्तले लाइन बस्न नपर्ने

शिक्षण अस्पतालको नयाँ नियम : वृद्धवृद्धा र अशक्तले लाइन बस्न नपर्ने

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले वृद्धवृद्धा, अशक्त र अपाङ्ग बिरामीलाई लाइनमा उभिन नपर्ने व्यवस्था मिलाएको छ । अस्पतालमा सेवा लिन आउने ७० वर्ष नाघेका वृद्धवृद्धा, अशक्त र अपाङ्गलाई लाइनमा उभिन नपर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

अस्पतालले आफ्ना सम्पूर्ण विभागलाई पत्राचार गर्दै लक्षित सेवाग्राहीलाई लाइनमा नराखी सेवा दिन निर्देशन दिएको छ । ‘उपरोक्त विषयमा यस अस्पतालमा आफैं बिरामी भई उपचारका क्रममा आउने, ७० वर्ष उमेर नाघेका वृद्धवृद्धा, अशक्त र अपाङ्ग स्वयं लाइनमा बस्नुपर्ने अवस्थामा लाइनमा नराखी सेवा उपलब्ध गराउने व्यवस्था गर्न–गराउन हुन जानकारी गराइन्छ’, निर्देशनमा उल्लेख छ । 

लक्षित सेवाग्राहीले इमरर्जेन्सी सेवा, जनरल प्राक्टिस ओपिडी, नाक, कान र घाँटी ओपिडी, मानसिक रोग ओपिडी, डर्माटोलोजी ओपिडी, स्त्री तथा प्रसुति रोग ओपिडी, हाडर्जोनी ओपिडी, शल्य चिकित्सक ओपिडी, किड्नी ट्रान्सप्लाण्ट ओपिडी, अन्कोलोजी ओपिडी, टिकट काउण्टर, क्यास काउण्टर, रिपोर्ट काउण्टर, रिफण्ड काउण्टर, फार्मेसी काउण्टर र रक्त संकलन काउण्टरमा यो सुविधा दिइने जनाइएको छ ।

टिप्पणीहरू