बादल र टोपबहादुरले माओवादी छाड्नुको बाध्यता

बादल र टोपबहादुरले माओवादी छाड्नुको बाध्यता

एमाले उपाध्यक्ष रामबहादुर थापा मगर ‘बादल’ र टोपबहादुर रायमाझीले नेकपा विभाजनको बेला आफ्ना सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई त्यागेर एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्षमा उभिनुको रहस्य नक्कली भुटानी शरणार्थी प्रकरणले छर्लंग पारेको छ ।

स्रोतका अनुसार ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री बादल थिए । त्यसबेला नक्कली भुटानी शरणार्थी बनाई अमेरिकामा शरणार्थी पठाउने धन्दामा तत्कालीन गृहमन्त्री बादलपुत्र प्रतीक र रायमाझीपुत्र सन्दिप संलग्न रहे । त्यसैबेला उनीहरूविरुद्ध अख्तियारमा उजुर परेको थियो ।

अध्यक्ष ओलीको पक्षमा नउभिए अख्तियार कुनै बेला पनि खनिन सक्ने देखिएपछि दुवै नेता आ–आफ्नो कमरेडहरूलाई छाडेर एमालेमै खुम्चिन बाध्य भएको स्रोतको दाबी छ । त्यसपछि नै हो फाइल मुल्तबीमा राखिएको । स्रोतका अनुसार माधवकुमार नेपाल पक्षमा देखिएका पूर्वपर्यटनमन्त्री भीम आचार्यलाई समेत ओलीले यसरी नै पेलपाल गरेर त्वम शरणम् हुन बाध्य बनाएका थिए । उनीविरुद्धको उजुरी पनि अख्तियारमा त्यत्तिकै छ । आचार्यले निहुँ खोजेका दिन उनको राजनीतिक करिअर सकिन बेर लाग्दैन ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू