निर्वाचन आयोगको पाँच दललाई स्पष्टीकरण, ८२ लाई सार्वजनिक गर्न निर्देशन

निर्वाचन आयोगको पाँच दललाई स्पष्टीकरण, ८२ लाई सार्वजनिक गर्न निर्देशन

निर्वाचन आयोगले निरन्तर दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । 

आयोगले आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई आफ्नो सफाईसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको बताइएको छ । 

आयोगका अनुसार मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्प्युनिष्ट पार्टी लोकतान्त्रिकले दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । 

त्यसैले, आयोगले यी दललाई दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकाले किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । यसैबीच आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष २०७८÷०७९ को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । 

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार हिजो बसेको आयोग बैठकले यसअघि पेश गरिएको लेखापरीक्षण प्रतिवेदन एक साताभित्र सम्बन्धित दलको कार्यालय वा बेवसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्ट्राग्राम) का माध्यमबाट सार्वजनिक गर्न भनिएको हो । 

त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र पेश नगरी उक्त समयावधि व्यतित भएपछि पेश गर्ने ९ राजनीतिक दल र सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १६ राजनीतिक दललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । 

आयोगले ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९४० को खण्ड ९क० बमोजिम किन कारबाही हुनु नपर्ने भन्दै आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ९१० बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानूनबमोजिम इजाजत प्राप्त लेखा परीक्षणबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा त्यसको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

टिप्पणीहरू