नेपाल र कुवेतको खेल वर्षाले रोकियो

नेपाल र कुवेतको खेल वर्षाले रोकियो

नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल-कुवेतबीचको सेमिफाइनल खेल वर्षाले रोकिएको छ ।

यसअघि वर्षाकै कारण ओभर घटाएर खेलाइएको खेलमा नेपाले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ब्याटिङ गरिरहँदा पुन: पानी परेपछि खेल स्थगित भएको हो । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको छ । 

नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

यो खेलमा कुवेतलाई हराए वा खेल पुन: सूचारु नभए नेपाल विजेता हुँदै फाइनल पुग्नेछ । एसिया कपमा स्थान बनाउन नेपालले फाइनलमा अर्को सेमिफाइनलको विजेता टिम यूएई अथवा ओमानसँग खेल्नेछ ।

टिप्पणीहरू