विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख

रुपन्देही निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको जनाएका छन् । 

विवरणमा निर्वाचन प्रचारप्रसार खर्च २ लाख २५ हजार, सवारीसाधनमा इन्धन खर्च ३ लाख ३५ हजार, छापा एवम् विद्युतीय माध्यम खर्च ९ लाख २० हजार ८ सय ७६ रुपैयाँ भएको उल्लेख छ । 

त्यस्तै, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालन खर्च २ लाख ७७ हजार, मनोनयन दाखिला खर्च २२ हजार, कार्यालय सञ्चालन खर्च ३ लाख ८५ हजार र विविधमा १० हजार गरी जम्मा २२ लाख ४५ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको जनाइएको छ ।

टिप्पणीहरू