बुहारी बलात्कारमा नेता जेल चलान

बुहारी बलात्कारमा नेता जेल चलान

बुहारी बलात्कारको आरोप लागेका एक जना बृद्धलाई पुर्पक्षका लागि जेल पठाइएको छ । काठमाडौं जिल्ला अदालतले चैत १५ गते जबरजस्ती करणी र हाडनाताको मुद्दामा ६८ वर्षीय बृद्धलाई केन्द्रीय कारागार, सुन्धारा पुर्‍यर्‍याएको हो । 

रामेछापमा नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने दीपक केसीविरुद्ध घरभित्रै बलात्कारको आरोप लाग्यो । घटना ०७६ असार १९ गतेको भए पनि ०७७ सालमा प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा जबरजस्ती करणी र हाडनाताको मुद्दा बुहारीले दर्ता गराएकी थिइन् । काठमाडौंको काँडाघारीमा बस्दै आएका उनले आरोप लागेपछि बजारबाट विष किनेर ल्याईसेवन गरे । तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएका उनको उपचारमा संलग्न डाक्टरहरूले ५ प्रतिशत पनि बाँच्न सक्ने सम्भावना नरहेको बताएका थिए । 

तर, झण्डै चार लाख रुपैयाँ खर्च र दुई साताको अस्पताल बसाइपछि घर फर्किए । त्यतिखेर मुद्दा परेका उनीविरुद्ध अनुसन्धान जारी थियो । गत मंगलबार प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले उनलाई समात्यो र बानेश्वरलाई बुझायो । १४ गते अदालतमा उभ्याइएका उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भयो । उनी कांग्रेसका पूर्व पार्टी सभापति एवं महासमिति सदस्य रामचन्द्र खड्काको जेठानसमेत हुन् । 

बुढेसकालमा श्रीमान् थुनिएपछि श्रीमती तनावमा परेकी छन् । छोरा पनि विदेशमा भएकाले आफ्नो पक्षमा बोलिदिने कोही नभएको उनको भनाइ छ । विभिन्न रोगले च्यापेको व्यक्तिलाई थुनामा लगेर राखेपछि उनको होस उडेको छ । ‘चार वर्षअघिको घटना हो यो । त्यतिबेला प्रहरीले यसलाई किन हलुका रुपमा लियो ? किन समातेन ? गल्ती गरेको भए त्यतिखेरै समातेको भए हुन्थ्यो । त्यतिखेर हात बाँधेर बस्ने अनि अहिले आएर कारागार पठाउन मिल्छ ? मर्ने बेला हरियो काँक्रो भनेको यही रहेछ । म त के गर्ने र कहाँ जाने, अलपत्र परेकी छु’, उनले बिलौना गरिन् । 

श्रीमान्लाई खाँदै नखाएको विष लागेको उनी बताउँछिन् । उनका अनुसार बुहारी पहिल्यैदेखि छोराबाट अलग्गिन चाहिरहेकी थिइन् । छोरा–बुहारीबीचको सम्बन्ध पनि त्यति राम्रो थिएन । 
‘छोरा, बुहारीको मागेरै विवाह गराइदियौं । बुहारी राम्री थिई । छोराले पनि अनुहार मात्रै हे¥यो । पछि पो बुहारीको गोडामा दुइटा औंला रहेनछ भन्ने थाहा पाइयो । श्रीमतीको लागि भनेर छोराले आर्मीको जागिर पनि छोड्यो’, उनले भनिन् ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीकी श्रीमतीले उनलाई छात्राहरू मात्र पढ्ने बिजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयमा कार्यालय सहयोगीको काम लगाइदिएपछि बुहारी घर आउन छोडेको उनले बताइन् । बुहारीकै कारण छोरा कतार गएको र खानलाउन नदिएको भन्दै उजुरी हालेको उनले जानकारी दिइन् । ‘बुहारीको कारण आज यस्तो अवस्था आइप¥यो । पहिल्यै छुट्टै बस्छु भनेको भए, म नातिनी पालिहाल्थें । सुःखदुःख जसरी नि जिन्दगी चलिरहेको थियो । मेरो घर व्यवहार सबै बिग्रियो’, उनले रुँदैरुँदै दुःख पोखिन् । 

मुद्दा परेपछि श्रीमान् फरार भएको कुरासम्म चलेको उनको भनाइ छ । विष सेवन गरेपछि श्रीमान् ६ महिना बेड रेस्टमा बसेको र ठीक भएर सक्रिय राजनीतिमा लागेको उनले जानकारी दिइन् । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा उम्मेदवारसंगै भोट माग्न गएको देख्दादेख्दै फरार भएको भनी हल्ला फैलाएको उनको दाबी छ । केसीका बुहारी एकदमै सोझी भएकी स्रोतको भनाइ छ । यता, उनकै नातेदार पर्ने रामचन्द्र खड्का भने यसविषयमा धेरै बोल्न चाहेनन् । मुद्दा लड्नका लागि वकिल राख्ने तयारी भइरहेको जानकारी दिए ।

 

 

टिप्पणीहरू