कोशी प्रदेश दिउँसो १ घण्टा बन्द गराउने तयारी

कोशी प्रदेश दिउँसो १ घण्टा बन्द गराउने तयारी

कोशी प्रदेश नामाङ्कन विरोधीहरुले आज दिउँसो प्रदेश ठप्प पार्ने भएका छन् । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै आन्दोलनरत समूहले आज दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशका सबै जिल्लामा चक्काचाम गराउन लागेका हुन् ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले १४ वटै जिल्लामा एक घण्टा सवारी साधन नचलाउन अनुरोध गरेका छन् ।

टिप्पणीहरू