नर्सिङ नाम दर्ता जाँचको नतिजा सार्वजनिक

नर्सिङ नाम दर्ता जाँचको नतिजा सार्वजनिक

नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

परिषद्ले आज सूचना प्रकाशित गर्दै शनिबार लिएको ३२ औँ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङको नाम दर्ता परीक्षाको परिणाम सार्वजनिक गरेको हो । जसमा पीसीएलतर्फ ८२४ जना परीक्षामा सहभागि भएकोमा २६ दशमलब १ प्रतिशत उत्तीर्ण हुँदा बिएस्सी नर्सिङतर्फ ३७७ जना सहभागि भएकोमा ४१ दशमलब ९ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्ले उत्तीर्ण भएका परीक्षार्थीलाई चैत ८ देखि १३ गतेसम्म प्रमाणपत्र लिनका लागि कार्यालयमा उपस्थित हुन र अनुत्तीर्ण परीक्षार्थीलाई पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिनसमेत भनेको छ ।
 

टिप्पणीहरू