मेट्रोसुपर मार्केटमा क्युआरबाट पैसा तिर्दा विशेष छुट

मेट्रोसुपर मार्केटमा क्युआरबाट पैसा तिर्दा विशेष छुट

अब स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका ग्राहकले मेट्रोसुपर मार्केटमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । स्मार्टच्वाइसले मेट्रो सुपर मार्केटसंग त्यससम्बन्धी सहकार्य थालेसँगै त्यस्तो छुटको मौका मिलेको हो ।

छुट अफरअन्तर्गत ग्राहकले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रू.१००) प्रति कारोबार र अफर अवधिभर तीन सय रुपैयाँसम्म छुट लिन सक्नेछन् । त्यस्तै, स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले पेप्सीकोला, सानेपा र जोरपाटीस्थित मेट्रो सुपर मार्केटका शाखामा एनआईसी एशिया बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

टिप्पणीहरू