पशुपतिको दर्शनपछि नयाँ राष्ट्रपति गोकर्णेश्वरमा

पशुपतिको दर्शनपछि नयाँ राष्ट्रपति गोकर्णेश्वरमा

हिजो साँझ राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । गोकर्णेश्वरस्थित वीपी स्मृति संग्रालयमा पुगेर उहाँले शालिकमा माल्यार्पण गर्नुभएको हो ।

राष्ट्रपति चुनिनुअघि काँग्रेसका बरिष्ठ नेता रहेका पौडेल काँग्रेसले आदर्श मान्ने वीपी कोइरालाको सम्मानका लागि बिहान ११ बजे संग्रालय पुग्नुभएको थियो । शालिकमा माला चढाएर केहीबेर संग्रालयको अवलोकन गरी उहाँ सवा ११ बजे त्यहाँबाट निस्कनु भएको बताइएको छ । 

राष्ट्रपति पौडेल यसअघि आज बिहानै पशुपतिनाथ मन्दिर जानुभएको छ । परिवारसहित बिहान साढे ९ बजे मन्दिर दर्शनका लागि उहाँ पशुपति पुग्नुभएको हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ ग्रहणपछि राष्ट्रपति कार्यालय, शीतल निवासमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ ।
 

टिप्पणीहरू