शिवरात्रिको अघिल्लो दिन पशुपतिमा यस्तो देखियो (फोटो फिचर)

झण्डै २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमानसहित पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलाको तयारी पूरा गरेको छ । कोषले पशुपात क्षेत्र रंगरोगन गर्नेदेखि सरसफाई र सुरक्षा प्रबन्धलगायत सबै व्यवस्थापकीय काम सम्पन्न भएको जानकारी दिएको छ ।
शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति बनेको छ भने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । कोषका अनुसार पत्रकार, स्वयंसेवक बाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।
सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ता चप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ ।
महाशिवरात्री मेलाका लागि एकसाता अघिदेखि नै पशुपति मन्दिर परिसरमा भारतीय जोगीहरुको चहल–पहल शुरु भएको थियो । यस वर्षको शिवरात्रि भोलि शनिबार परेको छ ।
टिप्पणीहरू