एमालेका विद्यार्थीले चुनाव गर्ने

एमालेका विद्यार्थीले चुनाव गर्ने

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सहमतिका आधारमा नेतृत्व छान्न गरेको प्रयास असफल भएपछि निर्वाचनबाट टुंगो लगाइने बताइएको छ । 

हिजो उद्घाटित अनेरास्वियुको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । त्यस्तै, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको पदाधिकारी पनि महाधिवेशनबाटै चुनिने छ । 

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी छ ।

त्यस्तै, उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरी आकांक्षी छन् । महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको बताइन्छ ।

यसअघि सर्वसम्मत नेतृत्व छान्न एमाले महासचिव शंकर पोखरेललगायत नेताहरुले प्रयास गरेका थिए । तर, उनीहरुले आ–आफ्नो गुटका विद्यार्थीलाई अघि सारेपछि सहमति जुट्न नसकेको अनेरास्ववियु स्रोतले बताएको छ ।
 

टिप्पणीहरू