रविका मन्त्रीहरु हिँडेपछिको क्याबिनेट बैठक

रविका मन्त्रीहरु हिँडेपछिको क्याबिनेट बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ ।

अपरान्ह शुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक सत्ता गठबन्धनमा रहेका अन्य दलका मन्त्रीहरु सहभागी छन् । रवि लामिछाने नेतृत्वको पार्टीले आफ्ना मन्त्रीहरुलाई हिजो साँझदेखि फिर्ता बोलाएको हो ।

स्वयम् रवि लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदातल संवैधानिक इजलासको माघ १३ गतेको फैसलापछि गृह मन्त्रालयको जिम्मेवारी छाड्नुपरेको हो ।

टिप्पणीहरू