काँग्रेसका अन्तरघातीलाई सभापतिको क्षमादान

काँग्रेसका अन्तरघातीलाई सभापतिको क्षमादान

नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाले गत मङ्सिर ४ गतेको निर्वाचनमा आफूलाई असहयोग गर्ने पार्टीका नेतालाई क्षमादानको घोषणा गरेका छन् । काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता आवश्यकता रहेकाले निर्वाचनमा असहयोग गर्नेलाई सुध्रिने मौका दिएको उनको भनाई छ । 

आज विज्ञप्ति जारी गर्दै वर्माले निर्वाचनमा काँग्रेसकै ठूला नेता तथा कार्यकर्ताहरुले अन्तर्घात गरेको प्रमाणित भइसकेको उल्लेख गर्दै अन्तर्घातीको नामावलीसमेत सुरक्षित रहेकाले आवश्यक समयमा सार्वजनिक गर्न सकिने पनि बताएका छन् । ‘पार्टी सभापतिको गहन जिम्मेवारीलाई मनन गर्दै अन्तर्घात गर्ने, पार्टी उम्मेदवारलाई असहयोग गर्ने सूर्यमुखी एवम् अर्थमुखी केही काँग्रेसहरु समेतलाई सुध्रिने अवसर प्रदान गरिएको छ’, उनले विज्ञप्तिमा भनेका छन् । 

यो अविस्मरणीय घटनालाई विस्मृतिमा राखेर ठूलो छाती बनाई पार्टीलाई एक ढिक्का राख्न चुनावका सबै असहयोगीलाई क्षमादान गर्ने निर्णयमा पुगेको उनले जानकारी गराए ।

टिप्पणीहरू