अस्कल क्याम्पस तनावग्रस्त, सहायक क्याम्पस प्रमुखमाथि अपहरणको आरोप

अस्कल क्याम्पस तनावग्रस्त, सहायक क्याम्पस प्रमुखमाथि अपहरणको आरोप

ठमेलस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । अखिल क्रान्तिकारीका विद्यार्थीहरु नाराबाजीमा उत्रेपछि क्याम्पस हातामा तनाव बढेको छ ।

अखिल क्रान्तिकारी अमृत साइन्स क्याम्पस इकाइ कमिटीको आह्वानमा क्याम्पस प्रमुखको रिहाइको माग गर्दै उनीहरु सडकमा उत्रेका हुन् । प्रमुख लोकबहादुर बराललाई अपहरण गरिएको क्रान्तिकारीको आरोप छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोजी,उज्वल भण्डारी, सहायक क्याम्पस प्रमुख दिपक गुप्तासहितको समूहले बरालको अपहरण गरेको बताइएको छ । उनीहरुले आफैंले राजीनामा पत्र तयार पारेर जबर्जस्ती राजीनामा गराएको र सहायक क्याम्पस प्रमुख गुप्ताको गाडीमा राखेर प्रमुखलाई बेपत्ता पारिएको आरोप लगाएका छन् । 

अपहरणमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारी अमृत साइन्स क्याम्पस इकाइ कमिटीले आन्दोलन गरेको हो । अध्यक्ष जितेन्द्र भण्डारीको नेतृत्वमा एक दर्जन विद्यार्थीले क्याम्पस बाहिर प्रदर्शन गरेका छन् । उनीहरुले अखिल क्रान्तिकारी जिन्दावाद,गुण्डागर्दी बन्द गर,दोषीलाई कार्यबाही गरलगायत नारा लगाएका छन् ।
 

टिप्पणीहरू