कञ्चनपुरमा सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरमा सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरको बेलौरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका ५ को कार्यालयनजिकै भएको दुर्घटनामा सु.प.प्र.०१–०१० प ८२४७ नम्बरका मोटरसाइकल चालकको निधन भएको बताइएको छ ।

बेलौरी नगरपालिका ४, रिछाहाका २३ वर्षीय अमर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेका ३० वर्षे करन चौधरी घाइते भएका छन् । 

उनलाई थप उपचारको निम्ति धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।

टिप्पणीहरू