माओवादीको बैठक चलिरहेका बेला समाजवादीका नेता टुप्लुक्क पेरिसडाँडामा

माओवादीको बैठक चलिरहेका बेला समाजवादीका नेता टुप्लुक्क पेरिसडाँडामा

नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज अपराह्न उनी त्यहाँ गएका हुन् । 

माओवादीको स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुरा गर्न पौडेल पेरिसडाँडा पुगेको बताइएको छ । 

रवि लामिछानेले गृहमन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएका बेला समाजवादीका प्रभावशाली नेता माओवादी मुख्यालयमा पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू