सबैतिरबाट चोखिएपछि मात्र राजनीतिमा आउन रवि लामिछानेलाई कानुुन व्यवसायीको सुझाव

सबैतिरबाट चोखिएपछि मात्र राजनीतिमा आउन रवि लामिछानेलाई कानुुन व्यवसायीको सुझाव

कानुन व्यवसायी मनोज आठपहरियाले सबै मुद्दामामिला मिलाएर मात्र राजनीतिमा आउन सुझाव दिएका छन् । 

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गरेपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित अन्य पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि टिप्पणी गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेखेको आजको स्टाटस पोस्ट गर्दै उनले सबै मुद्दामामिला मिलाएर मात्र राजनीतिमा आउन सुझाएका हुन् । अदालतले फेरि पनि मन्त्रीको पद खुस्काइदिने भन्दै कानुन व्यवसायी अथपाहारियाले सचेतसमेत गराएका छन् । 

उनले लेखेका छन्, ‘सबै मुद्दा मिलाएर मात्र राजनीतिमा आउनुहोला, नत्र फेरि मन्त्री पनि अदालतले खुस्काईदेला, अस्तिको चुनावको खर्च, फेरि हुने चुनावको खर्च व्यहोर्नुपर्ला ।’ धुर्मुस सुन्तलीको उदाहरण दिँदै उनले फ्यानले केही नहुने उल्लेख गरेका छन् । भनेका छन्, ‘फ्यान त धुर्मुस सुन्तलीका पनि थिए, अहिले के छ थाहा होला नि !’

नागरिकता पुनः प्राप्तिपछि लामिछाने पुनः सोही पदमा फर्किन दौडधुप गरिरहेका छन् । राहदानी दूरुपयोगबारे अनुसन्धान जारी रहेका बेला गृहमन्त्री बनाउन चर्को दबाब दिँदै आएका उनको सर्वत्र विरोध भइरहेको छ । 

यता, लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको जिकिर गरेका छन् । गृहबारे फैसला लिन रास्वपाले केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ ।

टिप्पणीहरू