आत्मदाह गरेका प्रेमप्रसादकी श्रीमतीकोे आपत्ति

आत्मदाह गरेका प्रेमप्रसादकी श्रीमतीकोे आपत्ति

अघिल्लो साता नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएकोमा आपत्ति जनाएकी छन् ।

‘उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु, मेरो श्रीमानले मलाई पैसाको निम्ति त्यो कदम चाल्नुभएको होइन,’ उनले भनिन्, ‘अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोष्टहरु आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ ।’

आफ्नो बैंक खातामा रकम जम्मा गर्न आफूले कसैलाई पनि व्यक्तिगत रूपमा आग्रह नगरेको उनको भनाइ छ । साथै, निजी बैंक खाता र विवरण सार्वजनिक गरिएकाले थप पीडा भएको उनले बताइन् ।

टिप्पणीहरू