रविलाई कुनै हालतमा गृहमन्त्री नबनाउन प्रधानमन्त्रीलाई ऋषि धमलाको सुझाव

रविलाई कुनै हालतमा गृहमन्त्री नबनाउन प्रधानमन्त्रीलाई ऋषि धमलाको सुझाव

आज बिहान ऋषि धमला र रवि लामिछाने केहीबेरको अन्तरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । धमलाले प्रधानमन्त्रीलाई भेटेर निस्केपछि रवि लामिछाने निजी गाडीमा टुप्लुक्क देखिएका थिए । 

‘उहाँहरु केहीबेरको अन्तरमा आउनुभएको हो । आफ्ना कुरा राखेर फर्कनुभयो । रविले हिजैको गृह मन्त्रालय पाउनुपर्ने माग दोहोर्याए,ऋषिले ठ्याक्कै १८० डिग्री उल्टो कुरो गरेर निस्किए,’ बालुवाटार स्रोतले भन्यो ।

बालुवाटार पुगेको केहीबेरमा प्रधानमन्त्री बस्नुभएको कक्षमा छिरेका धमलाले छिर्दा छिर्दै रविलाई गृहमन्त्री बनाउन नहुने धारणा राखेको बताइन्छ । ऋषिको भनाई थियो, ‘कुनै हालतमा बनाउन हुँदैन है प्रधानमन्त्रीज्यू ! यो डेन्जरस मान्छे हो ।’ उनको कुरो सुनेपछि प्रधानमन्त्रीले पनि ‘ल तपाईंको कुरा बुझियो,’भन्नुभएको थियो । 

मुश्किलले पाँच मीनेट बसेर बालुवाटारबाट बाहिरिएका धमला ३ नम्बर गेटमा पुग्दा नपुग्दै रवि त्यहाँ छिरेको बताइन्छ । यता,रिपोर्टर्स क्लबका साथीहरुसँग आज बालुवाटारमा भएको भेटघाटको सन्दर्भ सुनाउँदै धमलाले भनेका छन्, ‘रविको चलखेल धेरै भयो । प्रधानमन्त्रीको हाउभाउ हेर्दा उहाँ निकै प्रेसरमा देखिनुहुन्छ । तर, काँग्रेस काँध थाप्न तयार छ,रविले छाडेर केही हुँदैन ।’

यसअघि धमला हिजो बिहान भारतीय दूतावास छिरेका थिए । उनले बिहान ११ बजेदेखि १२ बजेसम्म भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख राघव भट्नागरसँग बातचित गरेका थिए ।

 

टिप्पणीहरू