घनश्याम भुसाल सचिवालय बैठकमा

घनश्याम भुसाल सचिवालय बैठकमा

नेकपा एमाले छाडेर गत आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका र हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका घनश्याम भुसाल पार्टीको सचिवालय बैठकमा सहभागी हुनुभएको छ । 

आलोकनगरस्थित समाजवादी मुख्यालयमा जारी सचिवालय बैठकमा भुसाल सहभागी हुनुभएको बताइएको छ । एकीकृत समाजवादीले उहाँलाई पदाधिकारीमध्ये महत्वपूर्ण जिम्मेवारी दिने चर्चा गरिएकाले सोही सर्तअनुसार आज भुसाल सचिवालय बैठकमा सहभागी हुनुभएको  आकलन छ ।

जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिइएको छ । विशेषगरी राष्ट्रपतिको आगामी निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा केन्द्रित भएर छलफल चलिरहेको एक नेताले जानकारी दिए ।
 

टिप्पणीहरू