रास्वपा खारेज गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी दर्ता

रास्वपा खारेज गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी दर्ता

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । 

समाजवादी केन्द्र नेपालका वरिष्ठ नेता युवराज पौडेल (सफल) ले २०७९ असार १७ गते दर्ता भएको रास्वपा खारेजीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । अवैधानिक नागरिकता पेश गरी लामिछानेको अध्यक्षतामा खोलिएको पार्टीसमेत अवैधानिक भएको उनको ठहर छ । 

उजुरीपत्रमा भनिएको छ,‘सर्वोच्च अदालत, संवैधानिक इजलाशको मिति २०७९ माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवम् सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश परी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने निर्णय, निजले गरेको हस्ताक्षरसमेत अवैधानिक ठहर भएको छ ।’

उनले राजनीतिक दलले गर्न नहुने कामसमेत गरेको नेता पौडेलको आरोप छ । गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ को उपदफा (ख) र (ग) बमोजिमका राष्ट्रिय गोपनियता भंग हुने कार्य भएको उनको ठम्याई छ ।

टिप्पणीहरू