युएसएआईडी प्रशासक सामन्था नेपाल आउने

युएसएआईडी प्रशासक सामन्था नेपाल आउने

द युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेण्ट ‘युएसएआईडी’ प्रशासक सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन् । 

उनी यो आगामी सात दिनभित्र नेपाल भ्रमणमा आउन लागेको जानकारी दिइएको छ । युएसएआईडीले जारी गरेको विज्ञप्तिमा उनले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरुसँट भेटघाट गर्ने कार्यक्रम छ ।

भेटमा नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो मुलुक बनाउने प्रयास र उपलब्धिहरुबारे छलफल गर्ने जानकारी पनि दिइएको छ । त्यस्तै, उनले नेपाल र नयाँ सरकारसँगको संलग्नता बढाउन युएसएआईडीको प्रतिबद्धता जनाउने बुझिएको छ । 

उनको भ्रमणमा नेपाल सरकार र नेपाली जनतासँग संयुक्त राज्य अमेरिकाको साढे सात दशकभन्दा लामो साझेदारीमा जोड दिने आकलन गरिएको छ ।

टिप्पणीहरू