कान्छी श्रीमतीसँग मिलेर ३ वर्षे छोराको हत्या

कान्छी श्रीमतीसँग मिलेर ३ वर्षे छोराको हत्या

बनेपामा एउटी महिलाले श्रीमानसँग मिलेर सौताको छोराको हत्या गरेको तथ्य खुलेको छ ।

स्थानीय एउटा इँटाभट्टामा काम गर्दै आएका दाङको घोराही उपमहानगरपालिका १९ बस्ने तिलकराम बुढा र उनकी कान्छी श्रीमती मिलेर ३ वर्षीय छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

तिलक रामकी कान्छी श्रीमती ३० वर्षीया उर्मिला बुढाले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उर्मिलाले श्रीमानको समेत संलग्नतामा सौतेलो छोराको हत्या गरेको स्वीकारेकी छन् । गत माघ १२ गते बनेपाको वडा नम्बर १ टुकुचा इँटाभट्टामा ३ वर्षीय बिमल बुढा मृत भेटिएका थिए ।

प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा तिलक र उर्मिलालाई पक्राउ गरेको थियो । अहिले उर्मिलाले श्रीमानको समेत संलग्नतामा बालकको हत्या गरेको स्वीकारेकी हुन् । निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

टिप्पणीहरू