प्रधानमन्त्री र गभर्नरलाई दुःख बिसाउँदै बालेन

प्रधानमन्त्री र गभर्नरलाई दुःख बिसाउँदै बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिजो एकै दिन प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग भेट गरेका छन् । मेयर साह हिजो बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । गभर्नर महाप्रसाद अधिकारी दिउँसो महानगरपालिका पुगेका थिए । 

बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु करिब ४५ मीनेटसम्म महानगरका समस्या र आफूले गरेका कोशिशवारे बेलिविस्तार लगाएपछि साह त्यहाँबाट निस्केको बताइन्छ । 

हिजै दिउँसो उनले गभर्नर महाप्रसाद अधिकारीसँग महानगरपालिका कार्यालयमा भेट गरेका थिए । उनले त्यस अवसरमा समसामयिक आर्थिक स्थिति र काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारअन्तर्गत रहेका सहकारी संस्थाको नियमन र सुपरीवेक्षणवारे छलफल गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

टिप्पणीहरू