राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, एक हप्तापछि नयाँ उपराष्ट्रपति

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा, एक हप्तापछि नयाँ उपराष्ट्रपति

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले फागुन २५ गते राष्ट्रपतिको र त्यसको एक सातापछि चैत ३ गते उपराष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको कार्यतालिकासहित मिति तय गरिएको जानकारी दिए ।

संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकेको छ । ०७४ फागुन २९ गते निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल २८ फागुनमा सकिँदैछ ।

उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ भने ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।
 

टिप्पणीहरू