बैंकिङ्ग "आतंक"को विरोध गर्दै व्यवसायीहरु सडकमा

बैंकिङ्ग "आतंक"को विरोध गर्दै व्यवसायीहरु सडकमा

नयाँ बानेश्वर व्यापार व्यवसायी संघ तथा बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको संयुक्त आयोजनामा राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।  एभरेष्ट होटलअगाडि ‘व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको आतंकविरुद्ध विरोध कार्यक्रम’ थालिएको हो । 

नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष नविन लुँइटेलको नेतृत्वमा शुरु भएको प्रदर्शनमा बत्तिसपुतली ब्यापार संघका अध्यक्ष शेखरचन्द्र राईलगायत चार दर्जनको उपस्थिति रहेको छ । उनीहरुले ‘बैंकिङ्ग आतंक बन्द गर’,‘बैंक सँधै नाफामा,उद्योगी व्यवसायी घाटामा’,‘गरी खाने मर्दै छ, सरकारको राजस्व घट्दै छ’,‘बैंकिङ्ग ब्याजदर एक अंकमा ल्याऊ’,‘ब्याजदर घटाऊ गरी खान देऊ’,‘स्वर्गीय प्रेम आचार्यको माग सम्बोधन गर’,‘व्यवसायिक वातावरण कायम गर’,‘सम्पूर्ण उद्योगी व्यवसायी एक हौं’, लगायतका नारा लगाएका छन् । 

उक्त टोली ब्यानर र प्लेकार्ड बोकेर नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलातर्फ लागेको छ ।

टिप्पणीहरू