कृषिमा क्रान्ति बहाना भयो,उखु बेच्न कुर्दा चिसो भुइँमा रात गयो

कृषिमा क्रान्ति बहाना भयो,उखु बेच्न कुर्दा चिसो भुइँमा रात गयो

महोत्तरीको गौशाला नगरपालिका १ रामनगरका किसानहरु आफूले उत्पादन गरेको उखु बेच्नको लागि रातभर चिसो भुइँमा सुत्न बाध्य भएका छन् । आफूहरुले मिहिनेतले गरेर उत्पादन गरे पनि बजार ब्यवस्थापनमा समस्या आउँदा उखु बेच्नकै लागि रातभर चिसो भुइँमा सुत्नुपरेको एक किसानले बताए।

जुनै सरकार आए पनि कृषिमा क्रान्ति गर्ने शब्द उच्चारण हुने गर्छ । तर शब्द मात्र उच्चारण भएर व्यवहारमा लागू हुन नसक्दा किसानहरु मारमा परेका छन् । यता रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टरमुनि सुतेर किसानले पालो कुर्दै गर्दाको तस्वीरले नेताहरुले पटक पटक कृषिमा क्रान्ति र किसानलाई आत्मनिर्भर बनाउँने भन्दै गरेको भाषणलाई गिज्याइरहेको अवस्था छ ।

 

टिप्पणीहरू