नेपालका माननीय भारततिर,भुटानका मन्त्री नेपालतिर

नेपालका माननीय भारततिर,भुटानका मन्त्री नेपालतिर

पूर्वमन्त्री तथा नेपाली काँग्रसका सांसद दिपक गिरी मुम्बई प्रस्थान गरेका छन् । गत आमनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकी कोमल वलीलाई हराएका गिरी आज बिहान त्यसतर्फ गएका हुन् । उनी भिस्तारा एअरको उडानबाट पौने ११ बजे मुम्बईको निम्ति उडेको बताइन्छ ।

उनीसँगै लमजुङको मध्य नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे पनि गएका छन् । गिरी पूर्व सिन्चाइमन्त्री पनि हुन् ।आजै पूर्वमन्त्री चन्दा चौधरी पनि नयाँ दिल्लीतर्फ गएकी छन् । पूर्व महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ९ बजे त्यता गएको बताइएको छ ।

यता भुटानका भौतिक पूर्वाधार तथा यातायातमन्त्री किन्जाङ डेकी ड्रुक एअरको उडानमा बिहान सवा ८ बजे पारोबाट काठमाडौं आएका छन् ।

टिप्पणीहरू