प्रहरी हिरासत नै असुरक्षित,मान्छे थुन्ने ठाउँमा भाग्ने भ्वाङ्ग

धनुषाको प्रहरी हिरासतमा राखिएका छ जना थुनुवा भागेका छन् । उनीहरु हिरासतको भित्तो प्वाल पारेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट थुनुवा भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । 

तीमध्ये लागुऔषध कारोबारी एक जना,दुई जना हातहतियार खरखजानाको अभियोगमा र अभद्र व्यवहार गरेको अभियोगमा तीन जना थिए । ती सबै पुरुष हुन् । उनीहरु राति १२ बजेदेखि बिहान ३ बजेको समयमा भागेको प्रहरीको अनुमान छ ।
 

टिप्पणीहरू