विदेशमा पनि सोनाम ल्होछारको रौनक उस्तै

विदेशमा पनि सोनाम ल्होछारको रौनक उस्तै

तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछार विदेशमासमेत भव्य तवरले मनाइएको छ । तामाङ समाज युएईले पनि ल्होछार कार्यक्रम मनाएको छ । 

वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा भएको सेलो विशेष ल्होछार–२०२३ कार्यक्रममा सांगीतिक प्रस्तुति दिइएको थियो । कार्यक्रममा गायकद्वय विश्व दोङ र शैलाप वाइबा सहभागी भएको बताइएको छ ।

कार्यक्रमको शुभारम्भ लामा गुरुहरुबाट विशेष पूजापाठ गरेपछि भएको हो । सो अवसरमा ब्रेन हेमरेज पश्चात् शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ मोडल पूर्णिमा थोकरलाई उक्त संस्थाले आर्थिक सहयोग गर्ने तयारी गरेको जानकारी दिइएको छ । 

दर्शकहरुको खचाखच कार्यक्रममा तामाङ समाज युएईमा आबद्ध भएर तामाङ समुदायलाई विभिन्न कोणबाट योगदान गरेका राम मोक्तान, महेश मोक्तान र सुरेन्द्र थिङ तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

टिप्पणीहरू