टिचिङ हस्पिटल अगाडि डाक्टरहरुले टाँगे कालो ब्यानर

टिचिङ हस्पिटल अगाडि डाक्टरहरुले टाँगे कालो ब्यानर

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाहिर त्यहाँ अध्ययनरत डाक्टरहरुले कालो तुल झुण्डाएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनको कार्यालय अगाडि एमबिबिएस र बिडिएस अध्ययनरत डेढ दर्जन चिकित्सहरुले तुल टाँगेका हुन् । 

चिकित्सकहरुको पुनः परीक्षालाई अन्य विद्यार्थीको परीक्षा सरहको सुविधा दिनुपर्ने माग राख्दै उनीहरु धर्नामा समेत बसेका छन् । धर्नाकारीहरुले विद्यार्थीलाई दुःख नदे, डिन ज्यु ढिलासुस्ती धेरै भो, सहमतिपत्र लागू गर नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

टिप्पणीहरू