दिपिकाको यस्तो दृष्यले एकैदिन तान्यो ५५ करोड

दिपिकाको यस्तो दृष्यले  एकैदिन तान्यो ५५ करोड

बलिउड अभिनेता शाहरूख खान र दिपिका पादुकोण अभिनित चलचित्र ‘पठान’ ले रिलिज भएको पहिलो दिन ५५ करोड भारुको व्यापार गरेको छ ।

उक्त चलचित्र विश्वभर ७ हजार ७ सय वटा स्क्रिनमा हिजो एकैसाथ प्रदर्शन गरिँदा ५३ देखि ५५ करोड रुपैयाँ उठेको बताइएको छ । ‘पठान’ को प्रदर्शनसँगै यसअघि बन्द भएका नेपालका छ वटा हलहरू पनि पुनः सञ्चालनमा आएका छन् । 

चलचित्रमा दिपिकाले लगाएको पोशाकबारे यसअघि नै चर्को विरोध भएको थियो । उनको पोशाकले समाजमा अश्लिलता फैलाउने भारतीयहरुको तर्क छ । त्यसैगरी चलचित्रको गीतमा प्रयोग भएका कतिपय शब्द र दृश्यहरु पनि आपत्तिजनक रहेको भन्दै भारतमा विरोध भएको छ ।
 

टिप्पणीहरू